• जेष्ठ ६ २०८३, बुधबार

पहाडी भूभागका आंशिक बदली अन्य भूभागमा मौसम सामान्यतया

मंसिर ११ २०७९, आईतवार

काठमाडौँ । मुलुकमा उल्लेखनीय मौसमी प्रणाली छैन । प्रदेश १ र बागमतीका थोरै भूभागमा आंशिक बदली रहेको छ, भने अन्य भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।

आइतबार प्रदेश १ र बागमतीका पहाडी भूभागका थोरै स्थानमा आंशिक बदली रहने आकलन गरिएको छ । बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

सोमबार प्रदेश १ र बागमतीका पहाडी भूभागका थोरै स्थानमा आंशिक बदलीको सम्भावना रहेको छ बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । तराईमा हुस्सु, कुहिरो लाग्ने थालेपछि तापक्रम क्रमिक रुपमा घट्दै गएको छ ।