काठमाडौं । बौद्धमार्गीहरुको आस्थाको संगठन धर्मोदय सभाले आयोजना गरेको एक दिवसीय योजना कार्यशाला गोष्ठी काठमाडौंको जमलस्थित ज्योति भवनमा सौहादपूर्ण रुपमा सम्पन्न भएको छ ।
गोष्ठीमा सो संगठनका पदाधिकारी र सल्लाहकार गरि ३ दर्जन जतिले भाग लिएका थिए । कार्यक्रमको पहिलो चरणमा सहभागीहरुलाई आसन ग्रहण गराइएको थियो । साथै सो अवसरमा धर्मोदय सभाका अध्यक्ष धम्माशोभन भन्तेले पञ्चशील पालना गराउनु भएको थियो ।
कार्यक्रममा धर्मोदय सभाका उपाध्यक्ष एवम् डब्लुएफवीको उपाध्यक्ष पद्म ज्योतिले स्वागत मन्तव्य राख्नु भएको थियो भने डा. सुमोन तुलाधरले कार्यक्रमको विषय प्रवेश र उद्वेश्य प्रस्तुत गर्नुभएको थियो ।
सो अवसरमा सुष्मा बज्रचार्य र डा.सुमोन तुलाधरले कार्यक्रमको उपलब्धी, लक्ष, पुनरावलोकन र ३ वर्षका लागि कार्यक्षेत्र प्राथमिकिकरणका बारेमा धारणा राख्नुभएको थियो ।
कार्यक्रमको समापन समारोहमा धर्मोदय सभाका महासचिव सागरमान बज्रचार्यले बौद्व धर्मका प्रशिक्षकहरु डा.सुमोन तुलाधर र सुष्मा बज्रचार्यलाई मायाको चिनो प्रदान गर्नुभएको थियो । सो एक दिवसीय कार्यशाला गोष्ठी उपलब्धीमूलक रहेको निष्कर्ष निकालिएको थियो ।