• बैशाख २७ २०८३, आईतवार

सुनसरीको क्षेत्र नम्बर १ बाट समलिङ्गी गोमाको अग्रता

मंसिर १० २०७९, शनिबार

 

काठमाडौं । गोमा तामाङ सुनसरीको क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवार बनेकी छन् । मतगणनामा उनी अहिले शीर्ष स्थानमा छिन् । तामाङले १० हजार ७६४ मत ल्याउँदा दोस्रो स्थानमा रहेको जनता समाजवादी पार्टीका उम्मेदवार अशोक कुमार राईले ९ हजार ५५६ मत ल्याएका छन् । यस्तै सत्ता गठबन्धनका उम्मेदवार माओवादीका मुक्साहाङ मेन्याङ्वो ८ हजार १२६ मत ल्याएर तेस्रो स्थान बनाएका छन् ।

सुनसरीको धरानलाई आफ्नो घर बनाएकी गोमा तामाङ आफूलाई सगौरव समलिङ्गी बताउँछिन् । सर्लाहीको मोतिहारमा २०३० मंसिर १ गते जन्मिएकी तामाङको पहिले श्रीमान् थिए, अहिले उनकी श्रीमती छन् । उनले तत्कालीन श्रीमान्सँग सम्बन्धविच्छेद गरेर अहिले धरानमा श्रीमतीको रूपमा देवी कार्कीसँग विवाह गरेकी हुन् ।