काठमाडौं। इलाम निर्वाचन क्षेत्र नम्बर १ को जारी मत गणनामा सत्ता गठबन्धनका साझा उम्मेदवार बनेका नेकपा एकीकृतका सम्मानित नेता झलनाथ खनाल झन्डै २ हजार मतले पछि परेका छन् ।
एमालेका महेश बस्नेतले १४ हजार २०३ मतसहित अग्रता लिँदा खनाल १२ हजार २४३ मतसहित बस्नेतलाई पछ्याउँदैछन् । शुक्रबार अपरान्हसम्म उनीहरू बीचको मतान्तर १९ सय ६० रहेको छ । इलाम १ मा बस्नेत र खनालसहित ११ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । बस्नेत र खनालपछि मंगोल नेशनल अर्गनाईजेशनका बुद्धलाल मेचे १ हजार ४७९ मतसहित तेस्रो स्थानमा छन् ।