• बैशाख २७ २०८३, आईतवार

कालिकोटमा महेन्द्रबहादुर शाही विजयी

मंसिर ९ २०७९, शुक्रबार

काठमाडौं । नेकपा माओवादी केन्द्रका महेन्द्रबहादुर शाही कालिकोटबाट प्रतिनिधिसभामा निर्वाचित भएका छन्। शाहीले ८ हजार ६४ मतान्तरले नेकपा एमालेका नगीन्द्र शाही ‘नेशनल’ लाई पराजित गरेका हुन् ।

वाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार बनेका शाहीले २४ हजार ४७४ मत पाएका छन्। उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका नगीन्द्रले १६ हजार ४१० मत पाएका छन्। निर्वाचित शाही नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य हुन् ।

यसअघि ०७० र ०७४ मा पनि उनले चुनाव जितेका थिए । ०७४ मा प्रदेश झरेर मुख्यमन्त्री बनेका उनी योपटक प्रतिनिधिसभा चुनाव लडेका हुन् ।