काठमाडौं। मोरङ क्षेत्र नम्बर ५ को प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका बागी उम्मेदवार योगेन्द्र मण्डल विजयी भएका छन् । एमालेबाट टिकट नपाएपछि उनले स्वतन्त्र उम्मेदवारी दिएका थिए ।
उनले सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका शिवकुमार मण्डललाई पराजित गरेका हुन् । एमाले (जनता समाजवादी पार्टी) (जसपा)का साझा उम्मेदवार बनेका जसपाका राजकुमार यादव भने तेस्रो भए ।
मण्डलले २१ हजार ८२० मत ल्याउँदा माओवादी केन्द्रका शिवकुमार मण्डलले १७ हजार ४८६ मत ल्याए । एमाले (जसपा गठबन्धनका उम्मेदवार यादवले भने १७ हजार ३९० मत मात्रै ल्याए ।