• बैशाख २७ २०८३, आईतवार

निर्वाचन सुरक्षामा खटिएका म्यादी प्रहरीलाई स -सम्मान बिदाई

मंसिर ८ २०७९, बिहीबार

काठमाडौं। निर्वाचन सुरक्षामा खटिएका एक लाख १५ हजार म्यादी प्रहरीलाई बिहीबार बिदाइ गरिएको छ ।

प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यका लागि मङ्सिर ४ गते गृह मन्त्रालयले तयार पारेको विशेष सुरक्षा योजनाअन्तर्गत निर्वाचन सुरक्षाका लागि म्यादी प्रहरी भर्ना गरिएको हो ।

नेपाल प्रहरीले गत असोज ३० गते ७७ वटै जिल्लाबाट एक लाख १५ हजार म्यादी प्रहरी भर्ना गरेको थियो ।

म्यादी प्रहरीलाई धन्यवाद तथा प्रमाणपत्रसहित बिदाइ गरिएको छ । निर्वाचन सुरक्षा योजनाअन्तर्गत नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा राष्ट्रिय अनुसन्धान विभागलाई संयुक्त रूपमा परिचालन गरिएको थियो ।