• बैशाख २७ २०८३, आईतवार

मकवानपुर-१ मा राप्रपाका सिंहले लिए अग्रता

मंसिर ८ २०७९, बिहीबार

काठमाडौं । मकवानपुर क्षेत्र नम्बर १ मा सुरुदेखि तेश्रो स्थानमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक सिंहले अग्रता लिएका छन् ।

उनले १८ मतको अग्रता बनाएका हुन् । पछिल्लो मतपरिणाम अनुसार उनले २३ हजार ३५८ मत पाएका छन् ।

सुरुदेखि नै अग्रता लिएकी नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय डिनाले २३ हजार ३४० मत पाएकी छिन् ।