काठमाडौं । रौतहटमा आगलागी हुँदै एकै परिवारका तीन जनाको मृत्यु भएको छ। गौर नगरपालिका–१ माइस्थानचोकमा रहेको इस्लाम सिरक डसना गोदाममा आगलागी भएको थियो।
बुधबार राति साढे ११ बजे लागेको आगो प्रहरी, सशस्त्र, सेना र स्थानीयको सहयोगमा बिहिनीपख २ बजे नियन्त्रण लिइएको थियो।
आगलागी हुँदा रौतहट गौर नगरपालिका–१ का महम्द इस्लाम मियाँको छोरी ९ वर्षीया रोक्शाना खातुन, ७ वर्षीय छोरा इमरान मन्सुरी र ५ वर्षीया छोरी सबना खातुनको मृत्यु भएको रौतटह प्रहरीका प्रवक्ता तथा डीएसपी सुनिल मल्लले बताए।