• जेष्ठ ६ २०८३, बुधबार

आज म्यादी प्रहरीलाई बिदाइ गरिँदै

मंसिर ८ २०७९, बिहीबार

काठमाडौं । मङ्सिर ४ गते भएको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि सुरक्षामा खटिएका एक लाख १५ हजार म्यादी प्रहरीको आज बिहीबार बिदाइ गरिँदै छ ।

गृह मन्त्रालयले तयार पारेको विशेष सुरक्षा योजनाअन्तर्गत निर्वाचन सुरक्षाका लागि नेपाल प्रहरीले गत असोज ३० गते ७७ वटै जिल्लाबाट एक लाख १५ हजार म्यादी प्रहरी भर्ना गरेको थियो ।

नेपाल प्रहरीका केन्द्रीय सहप्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले बिहीबार म्यादी प्रहरीको बिदाइ गरिने जानकारी दिए । उनका अनुसार म्यादी प्रहरीलाई धन्यवाद तथा प्रमाणपत्रसहित बिदाइ गरिने तयारी रहेको छ ।