• फाल्गुन २७ २०८२, बुधबार

क्यानडाले सन् २०२५ सम्म पाँच लाख आप्रवासी भित्र्याउने

मंसिर ७ २०७९, बुधबार

काठमाडौँ  ।  देशको श्रम शक्ति वयोवृद्ध हुँदै गएपछि क्यानडाले आफ्नो अर्थतन्त्रमा उत्पन्न हुनसक्ने खाडल पुर्नको लागि आप्रवासन वृद्धि गर्ने योजना अघि सारेको छ ।

यही महिनाको सुरुमा, संघीय सरकारले सन् २०२५ सम्म वर्षेनी पाँच लाख आप्रवासी भित्र्याउने आक्रामक योजना घोषणा ग¥यो । अर्थात यही वर्षबाट सुरु हुने योजनामा आगामी तीन वर्षमा लगभग १५ लाख नयाँ आप्रवासी क्यानडा पुग्नेछन् ।

यो योजना लागु भए पछि क्यानडाले बेलायतको तुलनामा प्रति जनसंख्या आठ गुणा बढी आप्रवासी स्वागत गर्नेछ भने यही दरमा क्यानडाले भित्र्याउने आप्रवासी संख्या दक्षिणी छिमेकी अमेरिकाको भन्दा पनि चार गुणा बढी हुनेछ ।

तर पछिल्लो मतसर्वेक्षणले यति धेरै संख्यामा आप्रवासी स्वागत गर्ने योजनामा मानिसहरूमा भय पनि उत्पन्न भएको छ ।