• बैशाख २७ २०८३, आईतवार

गोरखा-२ मा प्रचण्ड प्रतिस्पर्धी उम्मेदवार भन्दा झण्डै तेब्बर मतले अगाडि

मंसिर ७ २०७९, बुधबार

काठमाडौं । प्रतिनिधि सभा निर्वाचनअन्तर्गत गोरखा क्षेत्र नम्बर २ मा जारी मतगणनाको पछिल्लो परिणाम प्राप्त भएको छ।

पछिल्लो परिणामअनुसार नेकपा माओवादी केन्द्रका उम्मेदवार पुष्पकमल दाहाल प्रचण्डले फराकिलो मतान्तरसहितको अग्रता कायम राखेका छन्। ३३ हजार ३१५ मत गणना हुँदा प्रचण्ड प्रतिस्पर्धी उम्मेदवारभन्दा ११ हजार ७८६ मतले अगाडि छन्।

प्रचण्ड १७ हजार ७ सय ५३ मतसहित अग्रस्थानमा छन् । प्रचण्डका प्रतिस्पर्धी उम्मेदवार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कवीन्द्र बुर्लाकोटीले ५ हजार ९६७ मत ल्याएका छन्।