• बैशाख २७ २०८३, आईतवार

गुल्मी २ मा गोकर्ण विष्ट १ हजार ९ सय २५ मतले अगाडि

मंसिर ७ २०७९, बुधबार

काठमाडौं । गुल्मी क्षेत्र नम्बर २ मा जारी मतगणनाको पछिल्लो नतिजा प्राप्त भएको छ। पछिल्लो नतिजाअनुसार नेकपा एमालेका उम्मेदवार गोकर्ण विष्टले अग्रता कायम राखेका छन्।

गुल्मी २ मा एमाले उम्मेदवार विष्ट २६ हजार २१६ मतसहित अगाडि छन्। विष्टकी प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीकी उम्मेदवार रामकुमारी झाँक्रीले २४ हजार २९१ मत ल्याएकी छन्।