• फाल्गुन २७ २०८२, बुधबार

कांग्रेस नेता तथा पूर्वराज्यमन्त्री गोपाल केसवतकी छोरी सोमबार साँझदेखि बेपत्ता

मंसिर ६ २०७९, मंगलवार

काठमाडौँ  । कांग्रेस नेता तथा पूर्व राज्यमन्त्री गोपाल केसवतकी छोरी राजस्थानको जयपुरमा सोमबार साँझदेखि बेपत्ता भएकी छन् । यो भारतको समाचार हो । सञ्चारकर्मीसँग कुरा गर्दै केशवतले भने, ‘मेरी छोरी सोमबार साँझ ५ः४० बजे घरबाट तरकारी किन्न गएकी थिइन् ।

साँझ ६ः३० बजे फोन आयो त्यसपछि छोरीको फोन स्वीच अफ छ । गोपाल केसवतले जयपुरको प्रताप नगर पुलिस स्टेशनमा एफआईआर दर्ता गरेका छन् ।

प्रताप नगर प्रहरी स्टेशन प्रमुख भजन लालले बीबीसीलाई भने, ‘गोपाल केसवतले सोमबार एफआईआर दर्ता गरेका छन्। हामीले आईपीसीको धारा ३६५ (अपहरण) अन्तर्गत मुद्दा दर्ता गरेका छौँ।’