• फाल्गुन २७ २०८२, बुधबार

तिब्र बिघटनको दिशामा भारत : आसाम र मेघालय सीमामा गोलीबारी, ६ जना मारिए, इन्टरनेट सेवा बन्द

मंसिर ६ २०७९, मंगलवार

काठमाडौँ  । आसाम-मेघालय सीमामा गोलीबारी भएपछि मेघालयले राज्यका सात जिल्लामा आगामी ४८ घण्टाका लागि मोबाइल इन्टरनेट सेवा बन्द गरेको छ। बिहान १०ः३० बजेदेखि मोबाइल इन्टरनेट सेवा बन्द गरिएको हो ।

जसमा मेघालयका पश्चिम जैंतिया पहाड, पूर्वी जैंतिया पहाड, पूर्वी खासी पहाड, रि-भोई, पूर्वी पश्चिम खासी पहाड, पश्चिम खासी पहाड र दक्षिण पश्चिम खासी पहाडहरू प्रभावित हुनेछन्।

दुई राज्यको सीमामा रहेको पश्चिम जयन्तिया हिल्सको मुक्रोह स्थानमा गोली हानाहान भएको थियो जसमा असमका वन अधिकारीसहित छ जनाको मृत्यु भएको थियो।

मेघालयका मुख्यमन्त्री कोनराड संगमाले गोलीबारीमा मेघालयका पाँच र असमका एक वनगार्ड सहित कुल छ जनाको मृत्यु भएको पुष्टि गरेका छन्।

मुख्यमन्त्रीले भने, ‘घाइतेहरूलाई अस्पताल लगिएको छ र सोधपुछ भइरहेको छ। मेघालय प्रहरीले एफआईआर दर्ता गरेको छ।’