काठमाडौं । नुवाकोट क्षेत्र नं. १ बाट बाम लोकतान्त्रिक गठबन्धनलाई पछि पार्दै नेकपा एमालेका उमेदवार बद्री मैनालीले झिनो मतले अग्रता लिएका छन् ।
हालसम्म ८ हजार ६४ मत गणना हुँदा एमालेका मैनालीले ३ हजार ९३ मत पाउँदा गठबन्धनका साझा उमेदवार नेकपा माओवादी केन्द्रका हितबहादुर तामाङले ३०६६ मतले मैनालीलाई पछ्याइरहेका छन् । यता राष्ट्रिय स्वतन्त्र पार्टीका प्रधुम्न महत ८९८ मतसहित तेस्रो स्थानमा रहेका छन् ।