• बैशाख २७ २०८३, आईतवार

एमाले सचिव लेखराज भट्टलाई ‘ज्यान मार्ने धम्की’ २ जना पूर्व लडाकु पक्राउ

मंसिर ६ २०७९, मंगलवार

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम ईञ्चार्ज लेखराज भट्टलाई ज्यान मार्ने धम्की दिएको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय मालाखेतीका ईञ्चार्ज ज्ञानबहादुर विष्टका अनुसार पक्राउ पर्नेमा स्थानीय शेरबहादुर लामा र दीपेन्द्र विक छन्। दुवै जना माओवादीका पूर्व लडाकू हुन्।

कैलाली क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार समेत रहेका भट्टलाई कैलालीको अत्तरीयास्थित उनको निजी निवास (घर)मै गएर धम्की दिएको भन्दै प्रहरीले २ जनालाई पक्राउ गरेको हो।