• बैशाख २७ २०८३, आईतवार

जुम्लामा गठबन्धनका उम्मेदवारभन्दा दोब्बर मतले ज्ञानेन्द्र शाही अगाडि

मंसिर ६ २०७९, मंगलवार

काठमाडौं । एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको जुम्लामा राप्रपाका उम्मेदवार ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)ले फराकिलो मतान्तरसहित अग्रता कायम राखेका छन्।

उनले सत्तारुढ गठबन्धनका उम्मेदवारभन्दा झण्डै दोब्बर बढी मतले अग्रता लिएका हुन्। १० हजार ६५ मतगणना हुँदा शाहीले ५ हजार ४६९ मत प्राप्त गरेका छन्।

यस्तै दोस्रोमा रहेकी नेकपा माओवादी केन्द्रकी उम्मेदवार गोमा गौतम कुँवरले २ हजार ३६० मत प्राप्त गरेकी छन्। तेस्रोमा रहेका एमालेका रतननाथ योगीले १२९५ मत ल्याएका छन्।