• बैशाख २७ २०८३, आईतवार

चित्रबहादुर केसी ९ मतले अगाडि, पछ्याउँदै एमालेका पाठक

मंसिर ६ २०७९, मंगलवार

काठमाडौं । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत बागलुङ १ मा नेकपा एमालेका उम्मेदवारले मतान्तर घटाउँदै लगेका छन्।

सत्ता गठबन्धनबाट उम्मेदवार बनेका राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीभन्दा एमालेका सूर्य पाठक जम्मा ९ मतले मात्रै पछि छन्।

९ हजार ३०२ मतगणना हुँदा अग्रता लिइरहेका केसीले ३ हजार ३४९ मत प्राप्त गरेका छन्। उनलाई पछ्याइरहेका एमालेका पाठकले भने ३ हजार ३४० मत प्राप्त गरेका छन्। यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका खिमानन्द कँडेलले भने २ हजार १३ मत प्राप्त गरेका छन्।