• बैशाख २७ २०८३, आईतवार

काठमाडौं-९ मा एमालेका कृष्णगोपाल श्रेष्ठ विजयी

मंसिर ६ २०७९, मंगलवार

काठमाडौं । नेकपा (एमाले)ले प्रतिनिधिसभा सदस्यमा दोस्रो जित हात पारेको छ । काठमाडौं क्षेत्र नम्बर-९ बाट एमाले उम्मेदवार कृष्णगोपाल श्रेष्ठ विजयी भएका हुन् ।

उनी १००२० मतसहित विजयी भएका हुन् । निवर्तमान सांसद समेत रहेका श्रेष्ठ केपी शर्मा ओली प्रधानमन्त्री हुँदा शिक्षामन्त्री समेत भएका थिए ।

उनका प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका टेक बहादुर पोखरेलले ८७२५ मत प्राप्त गरेका छन् । सत्ता गठबन्धनकी उम्मेदवार कल्पना धमलाले ५२७९ मत प्राप्त गरेकी छिन् ।

यो सँगै नेकपा एमालेले प्रतिनिधिसभातर्फ २ सिटमा जित निकालेको छ । ०७४ को निर्वाचनमा पनि श्रेष्ठ यही क्षेत्रबाट निर्वाचित भएका थिए ।