• बैशाख २७ २०८३, आईतवार

सिके राउतको फराकिलो अग्रता कायमै

मंसिर ६ २०७९, मंगलवार

सप्तरी । सप्तरीको चार वटै निर्वाचन क्षेत्रको मतगणना जारी छ । पछिल्लो मतगणना परिणामअनुसार क्षेत्र नम्बर २ मा जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले अग्रतालाई अझै फराकिलो बनाएका छन् ।

राजविराजस्थित खानेपानी तथा सरसफाइ कार्यालयकको भवनमा जारी क्षेत्र नम्बर २ को पछिल्लो मतगणना परिणामअनुसार डा राउतले १० हजार सात सय मत प्राप्त गर्दा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले चार हजार नौ सय ९० मत प्राप्त गरेका छन् । यस्तै वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार लोसपाका जयप्रकाश ठाकुरले एक हजार नौ सय ६१ मत ल्याएर तेस्रोमा छन् ।

प्रदेशसभातर्फ क्षेत्र नम्बर २ (क) मा जनमत पार्टीका सतिश सिंहले पनि अग्रतालाई बढाउँदै लगेको छ । उनले १० हजार आठ सय ३२ मत प्राप्त गर्दा जसपाका शैलेन्द्रप्रसाद साहले पाँच हजार दुई सय आठ मत प्राप्त गर्नुभएको छ भने वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार लोसपाका सरोज मण्डलले चार हजार एक सय ७१ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत हेमन्त रावलले जानकारी दिए ।

प्रदेशसभा क्षेत्र नम्बर २ (ख) मा जनमत पार्टीकै महेश यादवले नौ हजार सात सय ६१ मतका साथ अग्रता लिँदा वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार उमेश कुमार यादवले पाँच हजार दुई सय ७८ र जसपाका लक्ष्मण यादवले चार हजार दुई सय ३१ मत प्राप्त भएको मुख्य निर्वाचन अधिकृत राउतले बताए ।