काठमाडौं । प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनको प्रारम्भिक मतगणना गर्दा एमालेका शीर्ष नेताहरू पछाडि परेका छन् । सोमबार अपराह्न ५० भन्दा बढी स्थानको मतगणना गर्दा एमालेका शीर्ष नेताहरू पछाडि परेका हुन् ।
प्रारम्भिक मतगणनामा महासचिव शंकर पोखरेलसहित वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू बिष्णु पौडेल, सुवास नेम्वाङ र सुरेन्द्र पाण्डे पछि परेका हुन् । महासचिव पोखरेल दाङ, वरिष्ठ उपाध्यक्ष पोखरेल काठमाडौं, पौडेल रुपन्देही, नेम्वाङ इलाम र पाण्डे चितवनबाट उम्मेदवार बनेका छन् ।
आइतबार सम्पन्न निर्वाचनको सोमबार बिहानबाट मत गणना सुरु भएको हो ।