काठमाडौं । काठमाडौं- ४ को प्रारम्भिक मतगणना आएको छ। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ६६८ मत ल्याएका छन्।
एमालेका राजन भट्टराई उनीसँग झिनो अन्तरले पछि छन्। भट्टराईको ६३३ मत आएको छ। जम्मा १५ सय ११ मत गणनना हुँदा एमालेका भट्टराई ३५ मतले पछि परेका हुन्।
त्यहाँ राष्ट्रिय प्रजातन्त्र पार्टीले ६५ मत प्राप्त गरेको छ। खुकुरी चिह्नमा २८ र लौरो चिह्नमा १९ मत खसेको छ।