• बैशाख २७ २०८३, आईतवार

ललितपुर र भक्तपुरमा पनि मतगणना सुरु

मंसिर ५ २०७९, सोमबार

काठमाडौं । काठमाडौं उपत्यकाका तीनै जिल्लामा मतगणना सुरु भएको छ । केहीबेर अघिमात्रै काठमाडौंको मतगणना सुरु भएको हो भने लालितपुर र भक्तपुर जिल्लाको पनि मतगणना सुरु हुन थालेको छ ।

ललितपुर निर्वाचन क्षेत्र नं ३ को मतगणना सुरु भएको हो । निर्वाचन अधिकृतको कार्यालय रहेको जावलाखेलस्थित स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानमा मतगणना थालनी गरिएको हो।

आइतबार भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा ललितपुर क्षेत्र नं २ मा ५० हजार ३४ मत खसेको थियो।

भक्तपुरमा क्षेत्र नं २ को पनि मतगणना सुरु भएको छ। मध्यपुरथिमि नगरपालिका बोडेस्थित नेपाल कृषि विकास बैङ्कको तालिका केन्द्रमा राति १ बजेर ५० मिनेटदेखि मतगणना सुरु भएको हो।

आइतबार राति १० बजेसम्म विभिन्न मतदान केन्द्रबाट मतपेटिका सङ्कलन गरी ल्याइएको थियो। त्यस लगत्तैको सर्वदलीय बैठकपछि मतगणना सुरु भएको हो।