• बैशाख २७ २०८३, आईतवार

मतदान गर्न भारतबाट घर फर्किएका व्यक्ति मृत भेटिए

मंसिर ४ २०७९, आईतवार

काठमाडौं । डोटीको जोरायल-३ मा एक जना पुरुष मृत फेला परेका छन् ।

जोरायल गाउँपालिका-३ तोडेगडा घर भएका अन्दाजी ६० वर्षका हिरालाल ओली सोही गाउँपालिका-३ चन्कट्टे नजिकै सेरी बर्बरा खेतको बीच बाटोमा मृत भेटिएका उनका साला लालबहादुर थापाले जानकारी दिए ।

इलाका प्रहरी कार्यालय जोरायलका प्रहरी नायब निरीक्षक गंगाराम टमाटा नेतृत्वको टोली घटनास्थल पुगेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

मृतकको शव नजिकै झोला सहितको प्लास्टिकको बोरा र नजिकै मदिराको बोत्तल भेटिएको छ । मदिरा सेवन गरि राति जाडोले कठ्याङ्ग्रिएर मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ ।