काठमाडौं । रोल्पामा शान्तिपूर्ण रुपमा मतदान भएको छ ।
जिल्लामा सुरक्षा अवस्था सन्तोषजनक रहेको र १ : ३० बजेसम्म करिब ३० प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
कारागारका कैदी बन्दीहरुको मतदान सम्पन्न भइसकेको छ । समानुपातिक पद्धतिको मतदानका लागि ६३ मध्ये ६२ कैदीले मतदान गरेका छन् ।