• बैशाख २७ २०८३, आईतवार

निर्वाचन विथोल्न खोजेको अरोपमा हेटौँडाबाट नेकपा (बहुमत)का ७ जना पक्राऊ

मंसिर ४ २०७९, आईतवार

काडमौं । हेटौँडामा नेकपा बहुमतका नेता–कायकर्ता पक्राउ परेका छन् । हेटौँडा–१० बसपार्कमा रहेको मतदान केन्द्रमा निर्वाचन बिथोल्न खोजेको भन्दै उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

निर्वाचन बिथोल्न खोजेको भन्दै सो पार्टीको मकवानपुरका इन्चार्ज हेटौँडा–१० बस्ने ४१ वर्षीय रवि खड्कासहित ७ जनालाई पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीका अनुसार पक्राउ पर्नेहरूमा नेकपा बहुमतका जिल्ला इन्चार्ज हेटौँडा–१५ का शक्ति मगर, सो पार्टीका जिल्ला सचिवालय सदस्य तथा बागमती गाउँपालिका–४ का लिला माझी, सदस्यहरु हेटौँडा–१० बस्ने अजय गहतराज, हेटौँडा–११ बस्ने विकास लामा, बागमती गाउँपालिका–८ बस्ने अनिल सिङ्तान र सो पार्टीका युवा संगठनका अध्यक्ष हेटौँडा–८ बस्ने वसन्त लामा रहेका छन् ।