काठमाडौं । निर्वाचन आयोगले ३२ प्रतिशत मतदान सम्पन्न भएको जानकारी दिएको छ। दिउँसो १ बजेसम्म ३२ प्रतिशत मत खसेको आयोगले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो।
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि देशैभर बिहान ७ बजेबाट मतदान भइरहेको छ।
केही ठाउँमा झडप र विवादका घटनाहरु सुनिएपनि धेरैजसो ठाउँमा अवस्था सामान्य रहेको आयोगले जनाएको छ। करिब ५० ठाउँमा मतदान विवादका कारण प्रभावित भएको थियो। तीमध्ये ३० बढी स्थानमा पुनः सुचारु भइसकेको आयोगले जनाएको छ।