काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको क्रममा हुलदंगा भएपछि विभिन्न ५ जिल्लामा प्रहरीले गोली चलाएको छ।
नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक (डीआईजी) टेकप्रसाद राईका अनुसार अहिलेसम्म सिरहा, बाजुरा, चितवन, दोलखा र रौतहटमा गोली चलेको छ। स्थिति नियन्त्रणमा लिन प्रहरीले यी जिल्लामा गोली चलाएको हो।
त्यसैगरी विभिन्न २७ ठाउँमा राखिएका होक्स बम (संकास्पद) बस्तुहरु डिस्पोज गरिएको छ।