• बैशाख २७ २०८३, आईतवार

बाजुराका ३ वटा मतदान केन्द्रमा विवाद हुँदा मतदान स्थगित

मंसिर ४ २०७९, आईतवार

बाजुरा । बाजुराका ३ वटा मतदान केन्द्रमा विवाद हुँदा मतदान स्थगित भएको छ । जिल्लाको बुढिगंगा नगरपालिका-८ को मतदान केन्द्र, बुढीनन्दा-५ र स्वामिकार्तिक खापर गाउँपालिका-४ को  एक केन्द्रमा मतदान स्थगित भएको हो ।

राजनीतिक दलहरुबीच विवाद भएपछि ती मतदान केन्द्रको मतदान प्रक्रिया स्थगित भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरीक्षक सूर्य थापाले जानकारी दिए ।