• बैशाख २७ २०८३, आईतवार

रविले प्रदेशसभाको मतपत्रमा लगाएनन् स्वस्तिक छाप

मंसिर ४ २०७९, आईतवार

काठमाडौं  । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गरेका छन् । उनले आइतबार बिहान काठमाडौंको महांकाल चौरस्थित उपत्यका खानेपानी लिमिटेड केन्द्रबाट मतदान गरेका हुन् । उनले प्रत्यक्ष र समानुपातिक दुवैमा उनले स्वस्तिक छाप लगाएपनि प्रदेश सभा सदस्यको मतपत्रमा स्वस्तिक छाप नलगाई मतदान गरेका हुन् ।

अहिलेको प्रदेश संरचनालाई नसुधारेसम्म आफू यसमा सहभागी नहुने उनको भनाइ छ । अहिलेको प्रदेशसभा धेरै खर्चिलो र जनमुखी सेवा प्रवाह गर्ने नभएकाले प्रदेशसभामा आफू सहभागी नबनेको उनले बताए ।

चितवन २ बाट प्रतिनिधिसभा सदस्य उमेदवार लामिछानेले मतदाता नामावलीमा नाम चितवनमा नभएकाले आफूले आफैंलाई मत हाल्न भने पाएनन् ।