• जेष्ठ ५ २०८३, मंगलवार

मतदानको दिन आजको मौसम: यी दुई प्रदेशका हिमाली भूभागमा हल्का हिमपातको सम्भावना

मंसिर ४ २०७९, आईतवार

काठमाडौं ।  देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। आज प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

प्रदेश १ र गण्डकीका हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

महाशाखाका अनुसार राति प्रदेश १, गण्डकी र कर्णालीका पहाडी भूभागमा आंशिक बदली रहनेछ। सोमबार प्रदेश १ र गण्डकीका पहाडी भूभागमा आंशिक बदली रहने सम्भावना छ। तापक्रम क्रमिक रुपमा घट्दै जाने सम्भावना रहेको हुनाले चिसोबाट बच्न अनुरोध महाशाखाले गरेको छ।