काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले निर्वाचनलाई प्रभावित गर्ने नियतका साथ हचुवा र प्रायोजित सर्वेक्षण सार्वजनिक गरिएको भन्दै आपत्ति जनाएको छ ।
त्यस्तो कार्य निर्वाचन आचारसंहिता विपरीत भएको राप्रपाको ठहर छ । शनिबार विज्ञप्ति जारी गर्दै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले त्यस्ता कार्यहरू अविलम्ब रोक्न माग गरेका छन् ।
उनले सार्वजनिक गरिएका सर्वेक्षण रेकर्डबाट हटाउन र प्रभावकारी अनुगमन गर्न समेत निर्वाचन आयोगको ध्यानाकर्षण गराएका छन् ।