काठमाडौं । दुष्मन देशले विभिन्न षडयन्त्र गरी उनी र उनका सन्तानको हत्या गर्न सक्ने भएका कारण उत्तर कोरिया लगायत देशका सरकार प्रमुखहरु सकेसम्म सार्वजनिक हुन मान्दैनन् र हुनै परेमा आश्चर्यजनक तरिकाले हुने गर्दछन् ।
फिडेल क्यास्ट्रोलाई मार्न अमेरिकाले ८०० पटक प्रयास गरेका समाचारहरु पनि यसअघि आउने गर्दथे । यस्तै अवस्था हो उत्तर कोरियाका राष्ट्रपति किम जोङ उनको पनि । यसैबीच उत्तर कोरियाका शासक किम जोङ उनले पहिलोपटक आफ्नो छोरी सार्वजनिक गरेका छन् ।
किम पनि सकेसम्म विदेश भ्रमण गर्दैनन् । अमेरिका त उनी जाँदै जाँदैनन् र आफ्ना सन्तानलाई पनि पठाउँदैनन् । अमेरिकाले कोरिया युद्धको समयमा लाखौं निर्दोष कोरियाली जनताको हत्या गरिदिएका कारण उनीहरु अमेरिकासित सजग छन् । सैन्य सामाग्री अवलोकनका लागि उनले छोरीलाईसँगै लिएर गएको तस्विर सार्वजनिक भएको हो ।
शुक्रबार उत्तर कोरियाले पोङ्याङ अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तरमहादेश मार हान्ने क्षमताको शक्तिशाली क्षेप्यास्त्र परीक्षण गरेको थियो ।
क्षेप्यास्त्र परीक्षण गर्नुअघि उनी छोरी सहित त्यहाँ उपस्थित भएको सिएनएनले उल्लेख गरेको छ । किमको व्यक्तिगत जीवनबारे धेरै कम सूचना सार्वजनिक भएका छन् ।
सन् २०१३ मा द गार्डियनले किमकी श्रीमतिसँग कुरा गरेको थियो । त्यसमा कीम असल पिता रहेको उल्लेख थियो । उत्तर कोरियाको राष्ट्रिय खुफिया सेवाका अनुसार किमका तीन सन्तान छन् ।
उत्तर कोरियाली परिक्षण गरेको क्षेप्यास्त्र शुक्रबार जापानको सीमा क्षेत्रमा खसेको थियो । उत्तर कोरियाको क्षेप्यास्त्र परिक्षणको पश्चिमा देशहरुले आलोचना गरेका छन् । २१ राष्ट्र सदस्य रहेको एशिया प्यासिफिक आर्थिक साझेदारी शिखर सम्मेलनमा शुक्रबार यसको कडा भत्र्सना भएको थियो ।
शुक्रबार बैंककमा अमेरिका, क्यानेडा, जापान, न्युजिल्याण्ड र क्यानडाका प्रतिनिधिबीच आकस्मिक बैठक भएको थियो । त्यस बैठकमा अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले उत्तर कोरियाली एशिया–प्यासिफिक क्षेत्रमा शान्ति बिथोल्नका लागि संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्का कतिपय संकल्प समेत उल्लंघन गरी क्षेप्यास्त्र परिक्षण गरेको टिप्पणी गरेकी थिइन् ।
पश्चिमा देशहरु उनीहरुलाई संसारभर मनपरी गर्न दिएमा शान्ति छाएको हल्ला गर्दछन् भने उनीहरुको विरोध गर्नेहरुलाई भने उनीहरुले अशान्ति मच्चाउने शक्ति भनेर कारवाही गर्ने गर्दछन् ।