काठमाडौं । नेपाली कांग्रेस सल्यानले पार्टीको निर्णय विपरित काम गरेको भन्दै जिल्लाका २२ जना नेताहरूलाई कारबाही गरेको छ । कारबाहीमा पर्नेहरुमा जिल्ला सदस्यदेखि, क्षेत्रीय प्रतिनिधि, उपसभापति र वडासदस्यसम्म रहेका छन् ।
कांग्रेसको नीति, पद्धति र विधान विपरीत कार्य गरेको भन्दै ५ वर्षसम्मका लागि साधारण सदस्य समेत नरहने गरि कारबाही गरेको सभापति केशबहादुर विष्टद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
कारबाही पर्ने नेताहरूमा जिल्ला सचिव एकराज बुढाथोकी, जिल्ला समन्वय समितिका प्रमुख समेत रहेका बेलाराम रावत, प्रदेश कमिटी सदस्य कालीप्रसाद भण्डारी समेत रहेका छन् ।