• बैशाख २७ २०८३, आईतवार

‘निर्वाचन बहिष्कार गरौं’ भन्दै निर्वाचन आयोग अगाडी प्रदर्शन गर्ने वैद्य माओवादीका नेताहरु पक्राऊ

मंसिर ३ २०७९, शनिबार

काठमाडौं । संसदीय निर्वाचन बहिष्कार गरौं भन्दै मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)का जनवर्गीय संगठनका कार्यकर्ताहरुले निर्वाचन आयोग अगाडी प्रदर्शन गरेका छन् ।

निर्वाचन आयोगको केन्द्रीय कार्यालय कान्तिपथमा कालोझण्डा देखाएर अखिल क्रान्तिकारी लगायत जनवर्गीय संगठनका कार्यकर्ताले प्रदर्शन गरेका हुन् ।

आज दिउँसो १२ बजे निर्वाचन आयोगमा प्रदर्शन गर्ने क्रममा सो पार्टीका केन्द्रीय सदस्य तथा अखिल क्रान्तिकारीका अध्यक्ष हरिकृष्ण गजुरेल, सो पार्टीका केन्द्रीय सदस्य बसन्त बोगटी, सुनिता बुढाथोकी, अर्जुन बोगटी, युवराज थापा, मञ्जिल बोगटी लगायतका कार्यकर्तालाई पक्राउ गरिएको अखिल क्रान्तिकारी की उपाध्यक्ष शिलु न्यौपानेले जानकारी दिइन् । अहिले पक्राउ गरिएका नेता कार्यकर्तालाई प्रहरी बृत्त दरबारमार्गमा राखिएको छ ।