• जेष्ठ ५ २०८३, मंगलवार

सुतेकै ठाँउमा मतदान अधिकृतको मृत्यु

मंसिर ३ २०७९, शनिबार

काठमाडौँ । सोलुखुम्बुमा निर्वाचन गराउन खटिएका मतदान अधिकृतको सुतेकै ठाँउमा मृत्यु भएको छ ।

फुर्के सामुदायिक वन मतदान केन्द्रका मतदात अधिकृत बिल्टु रायको शनिबार बिहान सुतेकै स्थानमा मृत्यु भएको सोलुखुम्वुको प्रमुख जिल्ला अधिकारी अनिल खनालले बताए ।

आयूर्वेदका छैटौ तहका अधकृत रायको के कारणले मृत्यु भयो भन्ने खुलेको छैन । पोष्टमार्टमको तयारी भइरहेकाले के कारणले मृत्यु भएको हो भन्न नसकिने खनालले बताए ।