• बैशाख २७ २०८३, आईतवार

मौन अवधिमा पैसा बाँडेको आरोपमा समातिएका एमाले उम्मेदवार निरौलाले कांग्रेसलाई लगाएर यस्तो आरोप

मंसिर २ २०७९, शुक्रबार

काठमाडौं । मौन अवधिमा पैसा वितरण गरेको आरोपमा पक्राउ परेका एमाले उम्मेदवार दीपक निरौलाले कांग्रेसले समाजलाई आतंकित बनाउन खोजेको आरोप लगाएका छन् ।

प्रहरी नियन्त्रणमै रहेका उनले सामाजिक सञ्जालमार्फत् बिरामी रहेका तोक्मान लामासँग कुराकानी गरिरहेका बेला अनावश्यक कुरा निकालेर आतंकित गर्न खोजिएको दाबी गरेका छन् ।

‘म क्यान्सर रोगबाट लामो समयदेखि बिरामी तोक्मान लामासँग कुराकानी गरिरहँदा अनावश्यक कुरा निकाली समाज आतङ्कित पार्ने कार्य नगरेको राम्रो हुन्छ’, उनले सामाजिक सञ्जलमार्फत् भनेका छन् ।

आफू राजनैतिक प्राणी भएको र गैरराजनैतिक काम आफ्नो आदर्श नभएको निरौलाको जिकिर छ । उनले पैसा बाँडेको कुनै प्रमाण भए लिएर आउन पनि चुनौती दिएका छन् । शुक्रबार साँझ पैसा वितरण गर्न लागेको आरोपमा उनीसहित एमालेका कार्यकर्ताहरूलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।