• बैशाख २७ २०८३, आईतवार

करारमा शिक्षक नियुक्त गर्ने गाउँपालिका अध्यक्ष अयोगको स्पष्टीकरणमा

मंसिर २ २०७९, शुक्रबार

पर्सा । निर्वाचन आयोगले पर्सामा रहेको छिपहरमाई गाउँपालिकाका अध्यक्ष मनोजकुमार र प्रमुख प्रशासकीय अधिकृत सम्भुप्रसाद साहलाई स्पष्टीकरण सोधेको छ ।

गाउँपालिकाले चुनावका बेला करार सेवामा शिक्षक नियुक्तको प्रक्रिया अगाडि बढाएपछि स्पष्टिकरण सोधिएको हो ।

‘निर्वाचन आचारसंहिता, ०७९  लागू रहेको अवस्थामा अगाडि बढाइएको करार शिक्षक नियुक्ति प्रक्रिया सम्बन्धमा के कसो भएको हो ? यदि निर्वाचन आचारसंहिता विपरीत हुने गरी करारमा शिक्षक नियुक्ति गरिएको हो भने उक्त नियुक्ति बदर गर्नु नपर्ने कारण के हो ? आयोगले भनेको छ ।

आयोगले पत्र प्राप्त भएको २४ घण्टाभित्र निर्वाचन आयोगमा लिखित स्पष्टीकरण पेश गर्न भनेको छ ।