• बैशाख २७ २०८३, आईतवार

केपी ओली र भेलु बाजेको हैसियत एउटै हो : पञ्चा सिंह

मंसिर १ २०७९, बिहीबार

काठमाडौं । माओवादी निकट अनेरास्ववियू क्रान्तिकारीका अध्यक्ष पञचा सिंहले एमाले अध्यक्ष केपी ओली र ‘भेलु बाजे’को हैसियत एउटै भएको आरोप लगाएकी छन् । बिहीबार सत्तारुढ गठबन्धनले प्रदेश राजधानी वीरेन्द्रनगरमा आयोजना गरेको चुनावी सभामा उनले यस्तो बताएकी हुन् ।

‘नेपाली रङ्गमञ्चमा आज दुईजना पात्र भाइरल भइरहेका छन्, एउटा एमाले अध्यक्ष ओली र अर्को भेलु बाजे,’ उनले भनिन्, ‘भेलु बाजेको रङ्गमञ्चमा नाटक गर्ने पेसा हो भने ओली राजनीतिक हैसियतबाट च्युत भएर भेलु बाजेको हैसियतमा हुनुहुन्छ र भेलु बाजेको हैसियतबाट नाटक मञ्चन गरिरहनुभएको छ ।’

सिंहले ओलीले गठबन्धनको भविष्यवाणी गरिरहेको भन्दै एमालेकै ध्यान दिन सुझाव पनि दिइन् । उनले भनिन्, ‘उहाँ (ओली)ले भविष्यवाणी गर्दै हुनुहुन्छ । गठबन्धन होइन, एमालेको आयु सकिएको छ, त्यो आज होइन जतिबेला ओली बालुवाटारबाट बालकोट गएका थिए, त्यही दिन सकिएको हो ।’

राजनीतिक नेतृत्वबाट च्युत भएर भेलु बाजेको हैसियतमा प्रवेश गरेका ओलीले गठबन्धनको भविष्यवाणी गर्नुको औचित्य नरहेको उनले बताइन् ।