• फाल्गुन २७ २०८२, बुधबार

नेटोले गर्यो युक्रेनी क्षेप्यास्त्र पोल्याण्डमा खसेको अनुमान, दोष भने रुसलाई नै दियो

मंसिर १ २०७९, बिहीबार

काठमाडौं । बुधबार पोल्याण्डमा खसेको क्षेप्यास्त्रका बारेमा पश्चिमा देशहरुले रुसलाई आरोप लगाएका थिए । तर अनुसनधान हुँदै जाँदा सो क्षेप्यास्त्र रुसको नभइ युक्रेनको भएको अनुमान गरिएको छ ।

उत्तर एटलान्टिक सन्धी संगठन नेटोका प्रमुख जेन सोल्टेनवर्गले नै पोल्याण्डमा खसेको क्षेप्यास्त्र युक्रेनको हुनसक्ने बताएका हुन् ।

रूसको क्षेप्यास्त्रको प्रतिरक्षा गर्दा युक्रेनी क्षेप्यास्त्र खसेको हुनसक्ने टिप्पणी सोल्टेनवर्गले गरेको बिबिसीले जनाएको छ ।

युक्रेनको सीमा क्षेत्र पोल्याण्डको प्रेजवाडोमा बुधबार क्षेप्यास्त्र खस्दा दुई जनाको मृत्यु भएको थियो । ‘युक्रेनले प्रतिरक्षा गर्दा क्षेप्यास्त्र खसेको हुनसक्छ हामी अनुसन्धान गर्दैछौँ,’ उनले भने । तर यसको दोषी रूस नै हुने निष्कर्ष नेटोको रहेको उनले बताएका छन् ।

रूसले ठूलो क्षेप्यास्त्र प्रहार गर्ने बताएपछि मंगलबार युक्रेनले हवाई प्रतिरक्षा प्रणालीलाई चालु राखेको थियो । रूसले बुधबार किएभमा आक्रमण गरेको थियो । नेटोले युक्रेनलाई अझै उन्नत हवाई प्रतिरक्षा प्रणालीमा सहयोग गर्ने उनले बताएका छन् ।

‘आज मैले नेटो सदस्य राष्ट्रहरूसँगको बैठकबाट रूसका क्षेप्यास्त्रलाई निष्प्रभावी बनाउन युक्रेनलाई आवश्यक उन्नत हवाई प्रतिरक्षा प्रणाली सहयोग गर्न प्रस्ताव गरेको छु,’ नेटो प्रमुखले भने ।

रुसी सेनासित लडेर युक्रेनलाई सघाउने घोषणा गरेका अमेरिका र युरोपयन देशहरु रुससित लड्दा युरोप र अमेरिकालाई नै बढी घाटा हुने देखेपछि युक्रेनलाई मात्रै रुससितको लडाइँमा होमिरहेका छन् ।

पछिल्लोचरणमा वार्ता गर्ने भन्दै रुससितको लडाइँलाई टुङ्ग्याउने उद्धेश्यले अमेरिकाले वार्ताको प्रयोग गरिरहेको छ ।