• मंसिर १५ २०८१, शनिबार

सुन प्रतितोला ४ सय रुपैयाँले घट्यो

मंसिर १ २०७९, बिहीबार

काठमाडौं । सुनचाँदी कारोबारको पाँचौ दिन आज नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ ।

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो दिनको कारोबारको तुलनामा प्रतितोला ४ सय रुपैयाँले घटेको छ । अघिल्लो दिन प्रतितोला ९८ हजार चार सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु ९८ हजार तोकिएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार पाँच सय रुपैयाँ छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९७ हजार ९ सय रुपैयाँ थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० रुपैयाँ ले घटेर १ हजार दुई सय ८५ रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारको सुन तथा चाँदीका कारोबार मूल्यका आधारमा यहाँ दैनिक मूल्य तोक्दै आएको छ ।