• बैशाख २७ २०८३, आईतवार

भोजपुरमा गठबन्धनको सभास्थल नजिकै विस्फोट

कार्तिक ३० २०७९, बुधबार

काठमाडौं। भोजपुरको पौवादुङमा गाउँपालिका(२ को तिवारी भन्ज्याङमा सत्ता गठबन्धनको चुनावी सभास्थल नजिकै बम विस्फोट भएको छ ।

सत्तारुढ गठबन्धनले सभा गरेको ठाउँ भन्दा २०० मिटर टाढा एउटा होटलको अगाडि विस्फोट गरेको जिल्ला प्रहरी कार्यालयका डीएसपी शरद थापाले जानकारी दिए ।

विस्फोटमा परेर १ जना घाइते भएका छन् । घाइतेको खुट्टामा चोट लागेको छ । यसबारेमा थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

यो सभामा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्ककमल दाहाल प्रचण्डसमेत सहभागी हुने तय छ । तर उनी कार्यक्रमस्थलमा नपुग्दै विस्फोट भएको हो ।