• जेष्ठ ५ २०८३, मंगलवार

भक्तपुरमा आगलागीमा परेर १ जनाको मृत्यु

कार्तिक ३० २०७९, बुधबार

काठमाडौं । भक्तपुरको मध्यपुर ठिमीमा आगलागी परेर एक जनाको मृत्यु भएको छ । आज (बुधबार) मध्यपुर ठिमी नगरपालिका वडा नं. ६ राइटोल नजिकै बिहान आगलागी हुँदा १ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा २५ वर्षीया अस्मिता केसी रहेको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी राजु पाण्डेले जानकारी दिए । आत्मराम केसी र हरिशरण केसीको ३ तल्ले कच्ची घरमा आगलागी भएको थियो ।

आगलागीमा ज्यान गुमाउने अस्मिता आत्मरामकी छोरी हुन् ।