• बैशाख २७ २०८३, आईतवार

२ मन्त्री बर्खास्तीमा परेपछि मुख्यमन्त्रीले नै सम्हाल्दै थप २ मन्त्रालय

कार्तिक २९ २०७९, मंगलवार

कास्की । गण्डकी प्रदेशमा दुईना मन्त्री बर्खास्ती भएसँगै ती दुई मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नै सम्हालेका छन् ।

मुख्यमन्त्री नेपालीको सिफारिसमा ऊर्जा जलस्रोत तथा खानेपानी मन्त्री हरिशरण आचार्यले यसअघि नै बर्खास्त भएकामा आज फेरि भौतिक पूर्वाधार र सहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्का पनि बर्खास्तीमा परेका हुन् ।

मुख्यमन्त्रीको सिफारिसपछि प्रदेश प्रमुख पृथ्वीमान गुरुङले मन्त्रीहरुको नयाँ कार्यविभाजन गरेका छन् । जसमा नेपालीले नै बर्खास्त भएका दुई मन्त्रीले सम्हाल्दै आएको दुई मन्त्रालय सम्हालेका छन् भने अन्य मन्त्रीको मन्त्रालय यथावत रहेको छ ।

दुई मन्त्रीले चुनावमा अन्तर्घात गर्दै हिँडेपछि बर्खास्तीमा परेका हुन् ।