• जेष्ठ ५ २०८३, मंगलवार

बालिका बलात्कारको आरोपमा २ जना पक्राउ

कार्तिक २९ २०७९, मंगलवार

काठमाडौं । प्रहरीले बालिका बलात्कारको आरोपमा २ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ललितपुरको गोदावारी नगरपालिका ३ बस्ने १९ वर्षीय पर्वत बिश्‍वकर्मा र १९ वर्षीय मदन बिश्वकर्मालाई सोमबार दिउँसो पक्राउ गरेको प्रहरीले हो ।

उनीहरूले १० वर्षीया र ११ वर्षीया बालिकालाई शुक्रबार दिउँसो आफ्नै कोठामा लगि जबरजस्ती करणी गरेको भन्ने उजुरी परेको प्रहरीको जनाएको छ । प्रहरी प्रभाग बाडेगाउँबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको र अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी परिसर ललितपुरले जानकारी दिएको छ ।