काठमाडौं । पानी ट्याङ्करमा मोटरसाइकल ठोक्किँदा भक्तपुरमा १ जनाको मृत्यु भएको छ । दुर्घटनामा अर्का १ जना गम्भीर घाइते भएका छन् ।
भक्तपुरको सल्लाघारमा बागमती प्रदेश०२–०३१प ७८६२ नंको मोटरसाइकल बा४ख ४२६८ नंको पानीट्याङ्करमा ठोक्किएको हो ।
दुर्घटनामा मोटरसाइकल चालक मध्यपुर थिमि नगरपालिका–१ लोकन्थली बस्ने २६ वर्षीय साजन दुवाढीको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) राजु पाण्डेले जानकारी दिए ।
मोटरसाइकलमा सवार झापा घर भइ हाल मध्यपुरथिमि –३ बस्ने २३ वर्षीय अनिल साहको इवामुरा मेमोरियल अस्पतालमा उपचार भइरहेको डीएसपी पाण्डेले जानकारी दिए । प्रहरीले दुर्घटना भएका दुवै सवारीसाधनलाई नियन्त्रणमा लिएको छ ।
ट्याङ्कर चालक भक्तपुर नगरपालिका–२ ब्यासी बस्ने २८ वर्षीय प्रवीण सुवाललाई पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।