काठमाडौं । सुन कारोबारको तेस्रो दिन (मंगलबार) अघिल्लो दिनको तुलनामा प्रतितोला एक हजार रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार एकैदिन सुनको भाउ प्रतितोला उल्लेख्य रुपमा बढेको हो । यससँगै छापावाल सुनको भाउ प्रतितोला ९८ हजार २ सय रुपैयाँमा पुगेको छ ।
त्यस्तै तेजावी सुनको भाउ प्रतितोला ९७ हजार ७ सय रुपैयाँमा पुगेको छ ।
मंगलबार चाँदीको भाउ प्रतितोला ३० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला १३२५ रुपैयाँमा कारोबार भइरहेको छ ।