• बैशाख २७ २०८३, आईतवार

आज कर्णालीमा देउवा र प्रचण्डले चुनावी सभा सम्बोधन गर्ने

कार्तिक २९ २०७९, मंगलवार

काठमाडौं ।  प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज कर्णालीका दुई चुनावी‌ सभालाई सम्बोधन गर्ने भएका छन्।

सुरुमा सुर्खेतको गुर्भाकोट नगरपालिकाको खैरेनी भेरी किनारमा हुने चुनावी आमसभालाई सम्बोधन गर्ने भएका छन् । त्यहाँ दिउँसो १२ बजे सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ।

यस्तै दिउँसो १ बजेदेखि २ बजेसम्म दैलेखको दुल्लुमा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।