• जेष्ठ ५ २०८३, मंगलवार

नुवाकोटमा खुकुरी प्रहार गरी आमाछोरीको विभत्स हत्या, अनुसन्धान जारी

कार्तिक २८ २०७९, सोमबार

काठमाडौं । नुवाकोटको दुप्चेश्वर गाउँपालिकामा खुकुरी प्रहार गरी आमा छोरीको हत्या भएको छ ।

दुप्चेश्वर–५ स्थित बालकुमारीमा खुकुरी प्रहार गरेर २० वर्षीया सम्झना खतिवडा र उनकी ३ वर्षीया छोरी कृष्टिनाको हत्या भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रवक्ता डीएसपी रुपक खड्काले जानकारी दिए ।

हत्याको कारण र आरोपीको पहिचान खुल्न बाँकी रहेको डीएसपी खड्काले बताए । उनले भने– ‘हाम्रो टोलीले घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको छ ।’